यस्तो छ आजको मौसम

कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा 

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावको साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।  यस्तै, आज दिउसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार