सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन । गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भएर संघको अनुभव सङ्गालेका व्यवसायी हुन । अध्यक्षमा विजयी भएसङ्गै गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकि सबै व्यवसायीको हकहितमा काम गर्ने बताए । लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष,महासचिवसहित १३ पदमा बिजयी भएको छ भने गेलाल समुहका ४ बिजयी भएका छन ।
शुक्रबार भएको निर्वाचनमा अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका उम्मेदवार नरेश गेलालले ३६७ मत प्राप्त गरेका छन । प्रथम उपाध्यक्षमा एलाईन्स ह्युमन रिसोर्सका सुजित कुमार श्रेष्ठ बिजयी भएका चान । संघका पूर्व महासचिव श्रेष्ठ ब्याबसायीबिच लोकप्रीय ब्यक्ति मानिन्छन । विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरेका छन यसैगरी सो पदमा प्रतिश्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरेका छन । द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखालीले ४०२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम ३७८ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी भएका छन भने पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बूले ८५ मत कम ३५० मत प्राप्त गरे । यसैगरी महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेतले ४२३ मत ल्याई विजयी हुदा प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत प्राप्त गरेका छन । गुरूङ प्यानलका अध्यक्षका उम्मेदवार गुरुङ र महासचिवका उम्मेदवार बस्नेतले समान ६१ मतको अन्तरले निर्वाचन जितेका छन । यसैगरी आकृति रिक्रुटिङ प्रा. लि.का संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याई सचिवमा विजयी भएका छन भने पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ६३ मत कमी ३११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार शुभ हारती मेनपावर प्रा लि का सञ्चालक बिक्रम श्रेष्ठले ७१ मत कमी ३५७ मत प्राप्त गरेका थिए । यस्तै कार्यसमिति सदस्यहरुमा रिजा ओभरसिज प्रा. लि.की संचालिका रेखा शर्माले ४४७, इगल मेनपावर कन्सल्टेन्ट प्रा लिका सञ्चालक कृष्ण ढकालले ४४२, युनिभर्सल एच.आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटाले ४३५, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले ४२७, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामाले ४०९, विनर एचआर शोलुशन प्रा लि की सञ्चालक हिमा गुरूङले ३४९, रियो ओभरसिज प्रा लि की सञ्चालक रमा खड्काले ३८८, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरीले ३७७, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य ३५३ र सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरि बिजयी भएका छन । बिजयीहरुलाई शनिबार बिहान निर्वाचन समितीले पद तथा गोपनियताको सपथ खादै मेनपावर ब्याबसायीहरुको हकहितमा डटेर काम गर्ने बताए ।