सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समूहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधि जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025" मा थापाले ६५ बर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधि जित्न सफल भएका हुन् । आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समूहको शिर्ष स्थानमा छन् ।