अमेरिका र हुथी विद्रोहीबीच तनाव, हवाई आक्रमणको चर्को विरोध

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

एजेन्सी । संयुक्त राज्य अमेरिका र हुथी विद्रोहीहरू बीचको तनाव बढेको छ । यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमण बढेपछि त्यसको विरोध सुरु भएको छ । शुक्रबार त्यहाँ विशाल प्रदर्शन गरिएको छ । शुक्रबार साँझ, यमनको हुथी समूहले विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले राजधानी साना र पश्चिमी अल हुदैदाह गभर्नरेटमा हवाई आक्रमण गरेको जनाएको छ ।  अमेरिकी बी–२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए । तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन् । अमेरिकी आक्रमणको विरोधमा शुक्रबार दक्षिणी सानाको सेभेन्टी स्क्वायरमा ठूलो विरोध प्रदर्शन भएको थियो । जहाँ प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा उठाए र बढ्दो अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए । पछिल्लो हप्ता हुथी र अमेरिकी सेनाबीचको टकराव बढेको छ ।  अमेरिकी युद्धक विमानहरूले साना लगायत धेरै हुथी नियन्त्रित स्थानहरूमा बमबारी गरिरहेका छन् ।  अमेरिकी विमान वाहक युएसएस कार्ल भिन्सन लाल सागरमा आइपुगेको जनाइएको छ ।– सीसीटीभी प्लस

Photo-(3)-(12)-1744452082.jpg
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार