लन्डन पुगेर महासचिव राईले उठाए शिक्षकहरुका मुद्दा

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । लन्डनमा जारी इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा काठमाडौंमा भइरहेको शिक्षकहरुको आन्दोलनका विषयमा चर्चा भएको छ ।  नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य समिति सदस्य तथा टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले नेपालभरका शिक्षकहरुले काठमाडौंमा गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिला गरेकोप्रति आपत्ति जनाएका हुन् । गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउनेलगायतका विभिन्न मुद्दाम भएको सम्झौता सरकारले कार्यान्वयन नगर्नाले शिक्षकहरुले पुनः सडक आन्दोलनमा उत्रिदा विश्व समूदायमा नकरात्मक सन्देश गएको जिकिर गरे ।  उनले राज्य, राजनीतिक दलका केही नेताहरु श्रमिकहरुप्रति अनुदार रहेको औंल्याए । उनले हालै फागुन १ गते सर्वोच्च अदालतको बैंक वित्तिय संस्थाहरुमा अबबाट श्रम ऐन प्रभावित नहुने कुराले सार्वजनिक क्षेत्रको युनियन आन्दोलन समस्यामा पर्ने भएको, त्यस्तै गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउनेलगायतका विभिन्न मुद्दामा भएको सम्झौता सरकारले लागु नगरेकोले यस वर्ष पनि हजारौको संख्यामा शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको बैठकमा जानकारी गराएका हुन् ।
जसमा एजुकेशन ईन्टरनेशनललगायत नेपालका सबैजसो युनियनहरुले ऐक्यबद्धता जनाईसकेको अवस्थामा सरकार गम्भीर नभएकाले श्रमिक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको बताएका हुन् । राईले नेपालका मुद्दाहरुबारे जानकारी गराउँदै आवश्यक सहयोगको अपिल समेत गरे । नेपालका मुद्दा उठाएलगत्तै फेडेरेशनका अध्यक्ष पेडडी कु्रमलिनले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यबाद दिए । सो क्रममा नेपाली श्रमिक, शिक्षक तथा फाइनान्स क्षेत्रका श्रमिकहरुप्रति आइटीएफको सदभाव तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार