सिरहा चोहर्र्वामा सञ्चालित औषधि पसलले बिरामीलाई ठगेको आरोप

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

सिरहा । सिरहाको पुरानो चोहर्वामा रहेको बेनाम औषधि पसलले सेवाग्राहीलाई ठगेको पाइएको छ । नरहा गाउँ पालिका वडा नम्बर २ बाट औषधि लिन गएका एक बिरामी सोही बेनाम औषधि पसलबाट ठगिएका छन् ।  एक बिरामीलाई डाक्टरले चेकगरी औषधि लेखेर दिएपछि पसलबाट त्यसको सट्टा भन्दै अर्कै औषधि दिँदै आएको स्थानीयले बताए । सट्टामा औषधि दिने चलन सो पसलमा एमआरबाट औषधि बेच्ने लक्ष्य मात्र राखेको बताइन्छ ।  वडा नं. २ का बिरामी राजन यादवले औषधि लिएर गएको तथा औषधि खान छाडेपछि मात्र पेट दुःखाई कम भएको थियो । पेट दुखाई कम भएपछि उनले औषधि फिर्ता गर्न पसल गएपछि पसल सञ्चालकले औषधि फिर्ता गरिदिएनन् । बिना दर्ता सञ्चालनमा रहेको औषधि पसल बेनाम रहेको छ ।  औषधि पसलले दिएको कालाभाम नामक ट्याबलेट फिर्ता गर्न गएपछि फिर्ता नगरेको गुनासो बिरामीले गरेका छन् । औषधि पसल सञ्चालक सुनिल सिंहले औषधि फिर्ता नगर्नु पसलको गल्ती रहेको स्वीकारे ।  सो सन्दर्भमा गोलबजार नगरपालिकाका स्वास्थ्य संस्थाका संयोजक सरोज कर्णले बजारबाट जसरी अरु समान फिर्ता हुन्छ, त्यसरी नै औषधि पनि फिर्ता हुनुपर्छ यदि फिर्ता नगरे उनको बदमासी हो । यसबारे बुझेर थप बताउने उनले बताए ।

Web-Post-Zone-(1920-x-1080-px)-(1)-1744454317.jpg
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार