लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य : प्रदीप परियार

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य भएको औंल्याएका छन् ।  उनले नयाँ वर्ष २०८२ सबैका लागि सिर्जनशिलता, समृद्धि, स्वास्थ्य र  सफलताको स्रोत बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे ।  विभागका कर्मचारी  तथा सञ्चारकर्मीहरुमा नव वर्ष  २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य रहेको औंल्याउँदै सूचना प्रवाह मात्र पत्रकारिता नभइ नागरिक शसक्तिकरण र  शुसासनका लागि प्रभावकारी माध्यम पत्रकारिता बन्नुपर्ने बताए ।  उनले भने, ‘लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य छ । सूचनाको  प्रवाह मात्र पत्रकारिता नभइ नागरिक शसक्तिकरण र पारदर्शिता माध्यम पनि हो । पत्रकारिता अझै जवाफदेहीता बन्न सकोस् भन्ने मुल सन्देशका साथ पत्रकार महासंघलगायत  विभिन्न संघसंस्थासँग आवद्ध सबैबीच समन्वय हुनु जरुरी छ । सरकार, मिडिया, नागरिक समाजबीच पनि समन्वय आवश्यक छ ।’ साथै उनले आगामी वर्षहरुमा पत्रकारिता अझैं जवाफदेहिता बन्न सकोस् भन्दै  शुभकामना व्यक्त गरे । 
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार