६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं - प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन् । उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो । सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले यादवलाई पक्राउ गरी हिरासत राखेको र आइतबार कारागार पठाउने व्यवस्था मिलाइने बस्नेतले बताए । 

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार