जब प्रेमीले सुटकेश भित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए...

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । माया भनेको के हो, जसले मानिसलाई कुनै पनि हदसम्म जान बाध्य तुल्याउन सक्छ ? कोही चन्द्रमा र ताराहरू तोड्ने कुरा गर्छन्, कोहीले आफ्नो ज्यान जोखिममा राख्ने कुरा गर्छन् । तर, एकजना बिधार्थीले आफ्नो प्रेमिकालाई आफ्नो सुटकेसमा लुकाएर होस्टेलमा ल्याएको घटना हालै बाहिरिएको छ । यो रोचक र डरलाग्दो घटना हरियाणाको सोनीपतको हो । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जुन सोनीपतस्थित ओपी जिन्दल युनिभर्सिटी कलेज होस्टेलको भएको दाबी गरिएको छ । केटीहरूलाई केटा होस्टलमा आउन कडा प्रतिबन्ध छ भन्ने सबैलाई थाहा छ। तर यहाँ बस्ने एक केटाले उनको मायामा यति मुग्ध भए कि उसले आफ्नी प्रेमिकालाई सुटकेसमा लुकाएर होस्टेल भित्र ल्यायो । तर उनी समातिए । प्राप्त जानकारीअनुसार केटाले आफ्नी प्रेमिकालाई सुटकेसमा लुकाएर ल्याइरहेको बेला केटीले कराउन थाली । त्यस पछि सुरक्षाकर्मीलाई शंका लाग्यो । उनीहरूले तुरुन्तै सुटकेस जाँच्न सुरू गरे र ल्याउने केटाको परिचय पनि खुल्यो। सुटकेस खोल्दा सामानको सट्टा भित्र एउटी केटी भेटियो । यो देखेर त्यहाँ उपस्थित सबै स्तब्ध भए । उनले तुरुन्तै केटीलाई सुटकेसबाट निकालियो ।
सार्वजनिक भएको भिडियोमा केही महिला सुरक्षा गार्डले सुटकेस खोल्दै गरेको देखिन्छ । सुटकेस भित्र हेरे पछि त्यो सामान नभई केटी हो भनेर देखेर उनी छक्क पर्छिन् ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार