घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको टोल टोलमा अभियान 

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

बागलुङ । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले मनाउन गइरहेको २५६९औं वौद्व जयन्ती तथा ३९औं वार्षिकोत्सव साथै वैशाखे पूर्णिमा मेला भव्यताका साथ सफल पार्न विभिन्न टोल–टोलमा अभियान सुरुचारु भएको छ।  कार्यक्रम भनेको खेल मात्र नभइ यश क्षेत्रमा रहेको परम्परा संस्कृतिलाई संरक्षण गर्न वडा लगायत पाण्डबखानी बासी जागरुक हुनुपर्छ भन्ने धारणा व्यक्त गरिएको थियो । त्यस्तै निवर्तमान वडाअध्यक्ष तिकल घर्तिले समाज एकता भएमा एकताको सन्देश जाने छ, भन्दै सामाजिक संस्था रहको हुनाले घुम्टे साँस्कृतिक तथा प्राकृति संरक्षण मञ्चले यश विषयमा ध्यान राख्दै उहाले ध्यानाकर्षण गराएका थिए ।  यसैबीच मुल समितिबाट उपसमिति समेत गठन गरिएको छ । जसको संयोजक खिम गलामि पुनको संयोक्तमा २१ सदस्य चयन भएको छ। क्लबका अध्यक्ष दिप घर्तिको अध्यक्षतामा सुनपानी टोल र उपल्लो फुर्से, तल्लो फुर्से र सोरमने टोलमा सम्पन्न भएको छ। जसमा अध्यक्ष घर्तिले कार्यक्रमको विषयमा प्रकाश पार्दै सबैलाइ आफ्(आफ्नो तहबाट सहयोग गर्न आग्रह गर्दै सबैलाई सहज बनाउन संस्थाको सदस्यता वितरण समेत भएको थियो ।  कार्यक्रम वैशाख २५ गते देखि २९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रमा सति घाटु, सालैजो, भैइच साइजो, यानीमाया साथमा स्थानीय कलाकार तथा राष्ट्रिय कलाकार नवीन राना र रिना केसिको साङ्गितिक प्रस्तुति समेत हुने भएको छ ।

Gh-1744457938.jpg
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार