पूर्वआइजीपी प्रदीपशमशेर राणाको निधन

आइतबार, चैत ३१, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपशमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो । केही समयदेखि उनी विभिन्न रोगले ग्रसित थिए । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार