सोसल मिडिया
Contact Us
युनिकोड
कलंकीमा रहेको नेपाल नेसनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि काठमाडौं महानगरले तोकेअनुसारको एक लाख जरिवाना तिरेको छ । महानगरले पटक–पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहोर व्यवस्थापनमा जिम्मेवार नबनेपछि जरिवाना तोकिएको थियो । अनुगमनका क्रममा यसपटक अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि २० चैतमा जरिवानापत्र पठाइएको थियो । जरिवानाको पत्र पठाएपछि अस्पतालले २९ चैतमा महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो । ‘एकपटक होइन, दुईपटक होइन । पटक–पटक सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौं महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना गरेका हौँ ।’