बीरगन्जमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द

आइतबार, चैत ३१, २०८१
मयुर प्लाई

रौतहट । पर्सा प्रशासनले बीरगन्जमा लगाएको कर्फ्यु अवधि थप गरेको छ । स्थानीय प्रशासनले एक सूचना जारी गरी आइतबार राति १२ बजे सम्मका लागि कर्फ्यु अवधि थप गरेको उल्लेख गरेको  छ ।  जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको सर्वपक्षिय बैठकले परिस्थितिको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेअनुसार कर्फ्यु अवधि थप गरेको प्रशासकिय अधिकृत दीपक पटेलले जानकारी दिए । विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको उनको भनाइ छ ।  पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने जनाएको छ ।  कर्फ्युका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो । वीरगञ्जमा हिजो भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले  जनाएको छ ।

Photo-(1)-(17)-1744545183.jpg
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार