सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी–ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ । हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो । नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले । उनलाई नन्दन यादवले साथ दिए । यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन् । जितको लागि १ सय ७५ रनको लक्ष्य पछाएको नेपाल १९ .३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो । खराब सुरुवात गरेको नेपालले २८ रन बनाउँदा ४ महत्वपूर्ण विकेट गुमाइसकेको थियो । कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा आउट भए । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी रनको खाता खोल्नै सकेनन् । त्यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो । कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए । सोमपाल कामी ४ रन, गुलशन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो । मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो। त्यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए । बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८.२ओभरमा ३७ रन जोडेर आउट भए । यतिखेर नेपालले १ सय ६४ रन बनाएको थियो । अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरुरी थियो । अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे । तर उनी यसको दुुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो। बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रनको पारी खेले । बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले समान २ विकेट झारे । त्यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनायो । ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । क्लिन्टो २६ रन जोडेर नन्दन यादवको बलमा आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए । मिट भावसार १६ रनमा पबिलियन फर्किए । यसपछि २३ रन बनाएका उसमान पटेललाई कुशल भुर्तेलले आउट गरे। तेस्रो विकेट गुमाउँदा कुवेतले १२७ रन बनाएको थियो । ओपनर राभिजा क्रिजमा टिके। उनले २८ बलमा अर्धशतक बनाए। उनको विकेट करण केसीले लिए। ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले । राभिजा आउट भएपछि बिलाल ताहिर ९ रनमा रन आउट भए। ७ रन बनाएका मोहम्मद उमर तथा २ रन बनाएका यासिन पटेलललाई सोमपालले आउट गरे। कप्तान मोहम्मद अशलाम अविजित १३ रनमा रहे। नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो । बलिङमा नन्दनले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। सोमपालले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए। करण र कुशल भुर्तेलले समान १ विकेट लिए। यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे। यसअघि आजै रोमान्चक खेलमा कतारलाई १ ले हराउँदै आयोजक हङकङ सिरिजमा तेस्रो भएको छ। पहिले ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा कतारले ५ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।