ललितपुर महानगर प्रमुख चिरीबाबु चीन भ्रमणमा 

सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यास आदानप्रदान आवश्यक 

सोमबार, वैशाख १, २०८२
मयुर प्लाई

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यासहरुको आदान प्रदान आवश्यक र महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल र चीनको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेकोे उपलक्ष्यमा आयोजित नेपाली उत्पादनको प्रदर्शनीमा सहभागी हुन ललितपुर महानगर प्रमुख महर्जन नेपाली प्रतिनिधिमण्डलसहित चीन भ्रमणमा छन् ।  ललितपुर महानगर र चीनको हाङजोउ शहरले एक अर्काको असल अभ्यास आदान प्रदान गर्न सक्ने उनले बताए । उनको प्रतिनिधिमण्डलमा लपुमनपा वडा नं. ६ का वडा अध्यक्ष तथा उद्योग, पर्यटन समितिका सदस्य रुपेन्द्रराज शाक्य, वडा नं.२३ का वडाअध्यक्ष जीवन महर्जनलगायत छन् ।  उक्त प्रदर्शनीको उद्घाटन महानगर प्रमुख, हाङजोउ सहरका उपप्रमुख वई छ्याङग र चीनका लागि नेपालका राजदुत डा।कृष्णप्रसाद ओलीले गरेका थिए ।  ललितपुर महानगर कला, संस्कृति र सम्पदाले सम्पन्न नगर भएको भएको बताउँदै महानगर प्रमुख महर्जनले नेपाललाई अन्तर्राष्ट्रियमा स्तर परिचित बनाउन कला, संस्कृति र सम्पदा महत्वपूर्ण भएको प्रष्ट पारे ।  दुई सहरबीच यसअघि भगिनी सम्बन्ध स्थापित भएको बताउँदै ललितपुर महानगर फेरि पनि भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको उनले बताए । बुद्ध र अरनिको जन्मस्थल नेपालबाट चीनका जनताका लागि शुभेच्छा र आर्शिवादसहित आफ्नो प्रतिनिधिमण्डल चीन आएको उनको धारणा थियो । उनले चीनका जनतालाई ललितपुरको कला, सम्पदा र संस्कृतिको अवलोकन गर्न निम्तो दिएका छन् ।  हाङजोउ सहरका उपप्रमुख वई छ्याङगले बुद्धिजम, कला र संस्कृतिले नेपाल र चीनको सम्बन्धलाई बलियो बनाएको  बताए ।  सामाजिक, सांस्कृतिक र आर्थिक सहयोग आदान प्रदानका लागि यो प्रदर्शनी महत्वपूर्ण आधार भएको उनको भनाई थियो । उनले कला संस्कृति र सम्पदाको सहर ललितपुरका प्रमुख महर्जनलाई आफ्नो सहरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।  यो प्रदर्शनी नेपाल र चीनका जनताबीच सम्बन्ध स्थापित गर्ने, सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण हुने स्मरण गरे ।  चीनका लागि नेपालका राजदुत डा.कृष्ण प्रसाद ओलीले यो कार्यक्रम नेपालको समृद्धि कला, संस्कृति र उत्पादनलाई परिचित गराउने महत्वपूर्ण प्लेटफर्म भएको बताए ।  यो प्रदर्शनीका निर्देशक वाङ मिनछ्याङले यो कार्यक्रमले दुई शहरबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

chiri-1744621075.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार