यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

सोमबार, वैशाख १, २०८२
मयुर प्लाई

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो । अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।Photo-(1)-(20)-1744621442.jpg
Photo-(3)-(17)-1744621441.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार