आन्दोलनरत शिक्षकहरूको नयाँ बर्ष सडकमै (फोटोफिचर)

सोमबार, वैशाख १, २०८२
मयुर प्लाई

काठमाडौं । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरूले सडकमा शुभकामना आदनप्रदार गरे । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन् । नेपाल शिक्षक महासंघले यसपालीका नयाँ वर्ष सडकमा नै मनाउनेगरी सर्कुलर गरेको थियो । आन्दोलनमा आएका शिक्षकहरुले प्रदेश स्तरीय अलग अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन् । नयाँ वर्ष आरम्भको पहिलो दिन पनि आफ्ना मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन सडक अवरुद्ध गरेरै महासंघले आन्दोलन जारी राखेको हो । 
491074121_687465420461555_9010133733002218215_n-1744621853.jpg
491001580_674068525568373_6590756854001898261_n-1744621851.jpg
490998907_1055256516420609_8028804251427182242_n-1744621850.jpg
490269323_1042748344410141_7852875673172913261_n-1744621848.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार