इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरू, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

सोमबार, वैशाख १, २०८२
मयुर प्लाई

इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरू इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरू यस पटक इलाम पुगेका हुन् । आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरू सोमबार अन्तु भ्रमणमा छन् । सोमबार विहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीहरूले अन्तु पोखरीमा डुंगा सयर पनि गरे । डुंगा सयरपछि चियावारीमा उत्रिएका उनीहरूले मौलिक पारामा चिया टिपेर मनोरन्जन समेत लिएका छन् । डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरूले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् ।  परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित सबै राजदूतहरूले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । ‘सबै राजदुतहरूले फरक अनुभव लिए । नेपालीहरूले चिया टिप्ने शैली उनीहरूले बुझ्ने मौका पाए । चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी समेत लिए,’ सचिव राईले भने । 

ILam4-1744622467.jpeg

सूर्योदयका नगरप्रमुख रणबहादुर राईले राजदूतहरूले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै कोशेली स्वरुप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए ।  अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्र्तगत अन्तुमै चिया टेष्टिङ पनि गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तर योजना फिक्कलले बिभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो । नेपाली चियाका बिभिन्न जात चखाएर नेपाली चिया विश्व बजारमा प्रवद्र्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखिएको सूर्योदय टि प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।  चिया टेष्टिङसँगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत १५ देशका राजदुत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन् ।  परराष्ट्रमन्त्री डा.देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदुतसहित ४५ जना भन्दा बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् । भ्रमण अन्र्तगत सोमबार अन्तु पोखरीमा राजदूतहरूलाई डुंगा सयर गराउनुका साथै माछा झिक्ने (फिसिङ) गरिएको छ ।  मन्त्रालयले वार्षिक रुपमा विभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो । नगरले राजदूतहरूको स्वागतमा बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाक्री नाचले स्वागत गरिएको थियो ।  भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीटजरल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापान मलेसिया, श्रीलंका, बंगलादेश र इसिमोडका राजदूत सहभागी छन् । टोली वैशाख २ गतेसम्म इलाममा नै रहनेछन् । 

ILlla-1744622466.jpeg
कूटनीतिज्ञहरू नेपालको पर्यटनका ‘राजदूत’ बन्नुपर्छ : मन्त्री राणा
भ्रमणका क्रममा राखिएको एक समारोहमा परराष्ट्र मन्त्री डा. राणाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताइन् । उनले नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण भएकाले मुलुकको विकास र समृद्धिका आधार रहेको पनि औंल्याइन् । मन्त्री डा.राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै इलामको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन् । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा.राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् ।  साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका ‘राजदूत’ बन्न पनि आग्रह गरिन् ।

'नेपालको विकास र समृद्धिको आधार पर्यटन'

परराष्ट्र मन्त्री डा राणाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताएकी छन् ।  उनले भनिन्, “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति  नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा  नेपालको  विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गरिन् ।  मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन् । इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् ।  कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरुको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन् ।  परराष्ट्र सचिव अमृतबहादुर राइले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन् गर्न आग्रह गरे । 
 

Ilmaam4-1744622465.jpeg
ilma1-1744622464.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार