पोखरामा नयाँ वर्ष सेलिब्रेसन, महोत्सवले झनै बढायो चहलपहल

सोमबार, वैशाख १, २०८२
मयुर प्लाई

पोखरा । पर्यटकीय हब पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको छ । नयाँ वर्षको आगमनसँगै पोखराका पर्यटकीय स्थल र होटलहरू भरिभराउ भएका छन् । २० औँ फेवा नव वर्ष महोत्सव–२०८२ ले पोखरा थप चलायमान बनाएको छ । नयाँ वर्षमा घुम्न आउने पर्यटकका लागि लक्षित गरी यहाँका होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएसँगै पर्यटक झुम्मिएका हुन् । यहाँका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ । होटल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले २० औ संस्करणको नव वर्ष फेवा महोत्सवले नेपाली नयाँ वर्षलाई पोखरामा स्वागत गरेको बताए । महोत्सव र नयाँ वर्षका अवसरमा होटलमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिए ।

Photo-(6)-(19)-1744624011.jpg
पर्यटकहरूलाई प्रकाशन गरेको रेटदरमा २० प्रतिशत छुट छ अन्य संस्थाहरूले १५ वटा प्याकेजहरूको व्यवस्था गरेको पनि उनले जानकारी गराए । 
उनका अनुसार पञ्चेबाजा, सारङ्गी, रत्यौली, भजनलगायतका कार्यक्रमहरू ५० मिटरको दूरीमा देख्न पाइने व्यवस्था मिलाएको साथै आन्तरिक र विदेशी पर्यटकहरूले बसाई लम्बाउने प्रयास गरिएको छ । 
उनले भने,‘२० औ संस्करणको महोत्सवमा हामीले होटलमा विशेष छुटको व्यवस्था गरेका छांै । पर्यटकहरूलाई हामीले प्रकाशन गरेको रेटदरमा २० प्रतिशत छुट दिएका छन् । अन्य संस्थाहरूले १५ वटा प्याकेजहरूको व्यवस्था गरेका छन् । लेकसाइडको तीन किलोमिटरभित्र कार्यक्रम गरिरहेका छौं । पञ्चेबाजा, सारङ्गी, रत्यौली, भजनलगायतका कार्यक्रमहरू ५० मिटरको दूरीमा देख्न पाइन्छ । आन्तरिक पर्यटकलगायत विदेशी पर्यटकहरू आउनेक्रम छ । बसाइ लम्बाइरहेका छन् ।’ त्यस्तै होटल संघ पोखराका कोषाध्यक्ष र नव वर्ष महोत्सवको आर्थिक संयोजक नेत्र पौडेल पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित महोत्सवको आयोजना गरेको जानकारी दिए । साथै पर्यटकहरूलाई लोभ्याएर होटलहरू भर्ने उद्देश्यले पनि समावेश रहेको उनले बताए । पोखरा महानगरले २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइरहेको छ ।
नयाँ वर्ष र हिमाल आरोहणको समय एकै समय परेकाले पोखराका होटलहरूमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको व्यवसायीहरूको भनाई छ ।  यो सिजन भारतीय पर्यटक घुम्न आउने समय, अन्नपूर्ण पदयात्रा क्षेत्रमा घुम्न जाने पर्यटक आउने सिजन र विद्यालयको परीक्षा सकिएर छुट्टी भएकाले आन्तरिक पर्यटकको आगमनसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ । पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड संख्या रहेको होटल संघले जनाएको छ । 

Photo-(5)-(18)-1744624015.jpg
Photo-(38)-(3)-1744624018.jpg
Photo-(36)-(3)-1744624020.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार