इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला पक्राउ

मंगलबार, वैशाख २, २०८२
मयुर प्लाई

काठमाडौं । विद्युतीय कारोवार (ईलेक्ट्रोनिक)  कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार पक्राउ परेकी हुन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार