सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । पर्सा प्रहरी कार्यलय नजिक भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीनजना पत्रकार घाइते भएका छन् । हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभीन्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् । गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु घाइते भएका छन् ।
घाइते तीनजना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछि प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ । यता, नेपाल पत्रकार महासंघ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरुलाई घाइते बनाउने दोषीहरुलाई कारवाहीको माग गरेको छ ।