सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो । कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी बीच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताए । ‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने विषयमा वहस, छलफलहरु हुने बताइएको छ । ‘नेक अल्मुनाई मिट’ आयोजनाका लागि कलेजले आर्किटेक्चर पोषण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा इ. अङ्गलाल रोकाया, आ. विश्व शाक्य, इ. उमेश के.सी., इ. प्रेम के.सी., इ. नारायण प्रसाद आचार्य, विष्णु प्रसाद भण्डारी रहेका छन् । नेक सभाहलमा हुने कार्यक्रममा सयौंको संख्यामा पूर्वविद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । कलेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेकोले ‘नेक अल्मुनाई मिट’मा उल्लेखनीय विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ । सन् १९९४ मा स्थापना भएको कलेजमा इन्जियिरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर मापन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ ।