सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुनको मूल्य फेरी पनि बृद्दी भएको छ। साताको चौथौं दिन आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ । जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।