महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)

बुधबार, वैशाख ३, २०८२
मयुर प्लाई

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा अन्तर्गतको महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला जोड्ने सडक कालोपत्र भइरहेको छ । १३०० मिटर लम्बाई रहेको उक्त सडक कालोपत्र कार्य केही दिन अघि सुरु भई शोभाहिटीसम्म पुगेको छ । बहुवर्षिय योजना अन्तर्गत रहेर उक्त सडक मार्ग बुढाथोकी गाउँ हुँदै नख्खुखोलासम्मै कालोपत्रे हुनेछ । उक्त कार्यका लागि चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन कार्यालयको आर्थिक वर्ष २०८१–२०८२ अन्तर्गत विनियोजित बजेटबाट उक्त कार्य गरिएको महानगर १४ नं. वडाका वडाअध्यक्ष अमृतजंग महतले शब्दपाटीलाई जानकारी दिनुभयो । आफ्नो निरन्तरको मागमा ललितपुर जिल्लाका संघीय सांसद (राष्ट्रिय सभा) जितजंग बस्नेतको पहलमा बजेट विनियोजन भई कालोपत्र गर्ने कार्य सुरु गरिएको वडाअध्यक्ष महतले बताउनुभयो । यो बाटो कालोपत्र सम्पन्न भएपछिललितपुर महानगरपालिका १४ नं. वडा, १३ नं वडा, २५ नं, वडा, १८ नं. वडा तथा २१ र २२ नं वडामा बसोवास गर्ने नागरिकहरुलाई सहज हुने वडाअध्यक्ष महतले बताउनुभयो । राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतको पहलमा चालु आर्थिक वर्षमा ललितपुर जिल्ला क्षेत्र नं. ३ अन्तर्गत विभिन्न वडाहरूमा पूर्वाधार निर्माणसहितका ५ वटा योजना तथा कार्यक्रम समेटिएका छन् । महानगरपालिका ४ नं. वडामा क्रिया पुत्री तथा ज्येष्ठ नागरिक भवन, ४ नं. वडाकै मल पोखरी बाटो निर्माण ( राष्ट्रपति मार्ग), महानगरकै १० नं. वडा को बागमती करिडोर सडकका ब्लक तथा कर्व स्टोन छाप्ने कार्य,  महानगरको १४ नं. वडामा महालक्ष्मी स्थानदेखि नख्खु खोला पुलसम्म १३०० मिटर कालोपत्र तथा लपुमनपा २३ नं. वडा को गणेश टोल–जेम्स महादेव खोला करिडोर कालोपत्र योजना रहेका छन् । ती सबै योजना प्रति योजना १ करोड रुपैयाँका दरले बजेट विनियोजना भएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार