सोसल मिडिया
Contact Us
युनिकोड
पुल्चोक (ललितपुर) । ललितपुर महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख हुनुहुन्छ सहजित राई । राईले राजश्व प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी भर्खरै मात्र सम्हाल्नु भएको हो । उहाँले राजश्व प्रशासन महाशाखाको जिम्मेवारी सम्हालेपछि महानगरका पसल कबलहरुको स्थलगत अनुगमन गरी व्यवसायीको सुझाव तथा गुनासो लिनुभयो । यस्तै उहाँकै नेतृत्वमा रहेकाे शाखाले ललितपुर महानगरपालिकालाई राजश्व बुझाउन बाँकी रहेको करदाताहरुलाई समयै कर दाखिला गर्न एसएमएसमार्फत सूचित पनि गरेको छ । राजश्व प्रशासन महाशाखाको यो सूचनाअनुसार करदाताहरु राजश्व दाखिला गर्न आउने क्रम बढेको छ । यसै सन्दर्भमा राजश्व प्रशासन महाशाखा प्रमुख राईसँग शब्दपाटी डिजिटल मिडियाले ललितपुर महानगरपालिकाले उठाउँदै आएको कर, करको दायरा बढाउनेसहित विविध विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ राजश्व प्रशासन महाशाखा प्रमुख राईसँगको कुराकानी ।