रास्वपाको महाधिवेसन फागनु ७-९मा चितवनमा हुने

बिहीबार, वैशाख ४, २०८२
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसन २०८२ फागुनमा हुने भएको छ । आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले २०८२ फागुन ७–९ गते चितवनमा गर्ने निर्णय गरेको हो । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार जसका लागि २०८२ असोज भित्र वडा अधिवेशन, कार्तिकभित्र पालिका अधिवेशन, मङ्सिरभित्र जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजनासमेत तय गरेको छ । उनका तलवाट सुरू गरिएका अधिवेशनहरू सम्पन्न भएपछि फागुन ७–९ मा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।

७ वटै प्रदेशका लागि इन्चार्ज

आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । बनस्थलीस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनीष झा, बागमती प्रदेशमा लीमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि हरि ढकाललाइ जिम्मेवारी तोकिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार