सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भएका छन् । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते नै सफाइ दिने फैसला गरेको बताइन्छ । उच्च अदालतका न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला उल्टी हुने ठहर गरेको हो । आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बमजनमाथि थियो। बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । बमजन २०८० पुस २४ गते साँझ काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका थिए । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो । विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो ।