सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधिलगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्ने निर्देशन दिएका छन् । बन्द गर्न निर्देशन दिइएका स्वास्थ्य संस्थामा सङ्कटमोचन हेल्थकेयर प्रा.लि, सञ्जीवनी हस्पिटल प्रा.लि, हैपीकेयर मेडिकल प्रा.लि, सर्लाही गोल्डेन हस्पिटल प्रा.लि, युनिट हस्पिटल प्रा.लि, भेनस हेल्थ केयर प्रा.लि, बरहथवा नवजीवन हस्पिटल प्रा.लि, हनुमन्त हस्पिटल प्रा.लि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् । बरहथवास्थित स्वास्थ्य संस्थाहरूको बुधबार साँझ अनुगमनक्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधानविपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए । यसअघि मुख्यमन्त्री सिँहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका ठाउँमा स्वास्थ्यसंस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।