ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)

शुक्रबार, वैशाख ५, २०८२
मयुर प्लाई

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडा कार्यालयले वैशाख १२ गते शुक्रबार शैक्षिक सम्मान तथा हस्तकला सामग्रीको प्रदर्शनी–बिक्री मेला आयोजना गर्दैछ । महिला समूहद्धारा उत्पादित हस्तकलाका सामग्रीको प्रदर्शनी–बिक्रीसहित शैक्षिक सम्मान कार्यक्रम गर्न लागिएको लपुमनपा २८ नं. वडाका वडाअध्यक्ष बीरेन्द्र महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । शैक्षिक सम्मानसहिअत सामुहिक नेवारी/नेपाली सांगितिक कार्यक्रमका लागि वडा कार्यालयलाई जल रोभर रेन्जर क्र्युले सहयोग गर्दैछ ।  महानगरपालिका वडा नं. २८ र २९ नं. वडा हरिसिद्धिमा स्थायी रुपमा बसोसबास गरी शैक्षिक सत्र २०८० सालको एसईई परीक्षामा ३.६ जिपिए र सो भन्दा बढी जिपिए ल्याइ उत्र्तिण हुन सफल विद्यार्थी र कक्षा १२ का विभिन्न संकायमा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई वडाले सम्मान गर्ने वडाअध्यक्ष महर्जनले बताउनुभयो । 
शैक्षिक सम्मान कार्यक्रम ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनकाे प्रमुख आतित्थयमा सम्पन्न हुनेछ । हस्तकला सामग्रीको प्रदर्शनी–बिक्री मेलामा वडा भित्र रहेका २१ वटा महिला समूह तथा एकल महिला समूहका सदस्यहरूले उत्पादन गरेका सामग्री राखिने महानगर कार्यपालिका सदस्य तथा वडासदस्य शरणलक्ष्मी महर्जनले जानकारी दिनुभयो । सोही समारोहमा वडा कार्यालयले महिला समूहका सदस्य तथा पदाधिकारीहरूलाई परिचय पत्र पनि वितरण गरिने वडा सदस्य महर्जनले जानकारी दिनुभयो । 

Biredra--1703133196.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार