सुनको मूल्य ८ सय रूपैयाँले घटयो

शुक्रबार, वैशाख ५, २०८२
मयुर प्लाई

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।  जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर एेतिहासिक मुल्य कायम भएको थियो । तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार