शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

शुक्रबार, वैशाख ५, २०८२
मयुर प्लाई

तौलिहवा । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरी माथि गोली प्रहार भएको पुष्टी गरेका छन् । उनका अनुसार पालिका अध्यक्ष चौधरीलाई लक्षित गरी प्रहार भएको गोली भित्तामा लागेको हो ।
गाउँपालिकाका अध्यक्ष चौधरीमाथि बिहीबार मध्यरात करिब  ११ः३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ ।  राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाइ दिएको स्पष्ट पार्दै यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार