सल्यान पुगेर ललितपुर महानगर प्रमुख चिरीबाबुले भने, ‘ हामी हाम्रो असल अभ्यास अरुलाई सिकाउन चाहन्छौँ ’

शनिबार, वैशाख ६, २०८२
मयुर प्लाई

सल्यान । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पालिकाहरु समृद्ध हुन एक अर्काको असल अभ्यास आदान प्रदान गर्नुपर्ने बताएका छन् ।  दुई पालिकाहरुले गरेका असल अभ्यासहरुको बारेमा छलफल गर्न आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।  सल्यान जिल्लामा अवस्थित शारदा नगरपालिकाले आयोजना गरेको दोस्रो शारदा मेयरकप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न उनी शुक्रबार सल्यान आएका हुन् ।  उक्त प्रतियोगिता आज शनिबारबाट सुरु हुने कार्यक्रम छ । शारदा नगरपालिका र ललितपुर महानगरबीच २०८० साल पुस महिनामा भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरले भगिनी सम्बन्ध कायम भएको पालिकाहरुलाई ललितपुरको कला, सम्पदा र संस्कृति झल्कने पूर्वाधार निर्माण वा महानगरको असल अभ्यास अनुसरण गर्दै कार्यक्रम गर्न आर्थिक सहयोग गर्दै आएको छ ।  शारदा नगरपालिकाले ललितपुर महानगरबाट प्राप्त सहयोगबाट मन्दिर निर्माण गरिरहेको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक रुपले समृद्ध र अनुभव प्राप्त पालिकाले अन्य पालिकालाई सहयोग गर्नु कर्तव्य र दायित्व भएको प्रष्ट पारे ।  उनले भने, ‘ कर्तव्य र दायित्व सम्झेर सहयोग गरेका हौँ । ’ 
महानगर प्रमुख महर्जनले सम्पदा संरक्षण, हरियाली र खुल्ला क्षेत्र संरक्षण , पार्क निर्माण , सार्वजनिक जग्गा संरक्षण र शिक्षा, स्वास्थ्यमा प्रभावकारी र उल्लेख्य काम गरेको बताए । उनले भने, ‘अतिक्रमणमा परेको पाटीलाई पुनर्निर्माण गर्‍यौैं,  त्यो समय फल्चा पाटी हो, पोखरी अतिक्रमण गरेर बनाएको  संरचना भत्काएर फेरि पोखरी बनाउँदैछौं , त्यो सप्तपाताल पोखरी  । ’ 
शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरले गरेको काम अनुकरण योग्य भएको बताए । शारदा नगरपालिकामा काम गर्ने प्रशस्त सम्भावना भएको बताउँदै बजेट अभाव कारण नयाँ योजनाहरु कार्यान्वयन गर्न मुश्लिक परेको बताए । उनले भने, ‘ हामी ललितपुर महानगरसँग अनुग्रहित छौँ ।, धन्यवाद ’ ।  शारदा नगरलाई सम्वृद्ध बनाउने योजना थुप्रै भएको बताउँदै त्यसैलाई कार्यान्वयन गर्न संघ , प्रदेश र दाृतृ निकाय, समृद्ध पालिको साथ सहयोग अपरिहार्य रहेको उनले बताए । उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार निर्माणमा अप्ठ्यारो बाबजुत धेरै काम गरेको प्रष्ट परे । 
कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी ललितपुर महानगरले स्वास्थ्य, शिक्षा क्षेत्र लगायतका क्षेत्रमा गरेका कामका बारेमा महानगर प्रमुखलाई प्रश्न गरेका थिए । महानगर प्रमुख चिरीबाबु महर्जनको प्रतिनिधि मण्डलमा वरिष्ठ अधिकृत सागर थापा, वडा नं. ५का महिला सदस्य शोभा श्रेष्ठ, वडा नं. २०को वडा सदस्य शैलेन्द्र शाक्य रहेका छन् ।

77cc9080-b8cc-42ce-b806-2ef0b3c31b59-1745073505.jpeg
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार