सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रौतहटको छुट्टाछुटै स्थानमा गएराति भएको आगोलागिमा करीब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागिमा एक करोड ७६ लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागि भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विद्युत्को तार सर्ट भै आगलागि भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पललगायत गरी एक करोडको क्षति पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षति पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानीयवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक उमाशंकर बताए । यसैगरी गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगोलागि भएको प्रहरीले जनाएको छ । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर, मोबिल, हावाभर्ने टंकीलगायत गरी १४ लाख बराबरको क्षति पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । सो घरमा रहेको नस्ता पसलमा पनि आगोलागिबाट क्षती पुगेको छ । घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । दुबै आगोलागिका घटनामा मानवीय र पशु चौपयमा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।