ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस एलओडी आउँदै

आइतबार, वैशाख ७, २०८२
मयुर प्लाई

काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेल स्थित एलओडी क्लबमा आउने भएका छन् ।  कार्लोस मंगलबार बैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।  उनले भने,‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मंगलवार आउन लागेको हो । उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमि दर्शक हरुमा उल्लाष छाउने छ ।’  कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार