सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गत मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नव नियुक्त अध्यक्षद्वय कमल उपाध्याय र जीतेन्द्र खड्गले सपथ ग्रहण गरेका छन् । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै जनालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार (आज) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुबै जनालाई गृहमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका हुन । नियुक्त भएका दुवै जना लामो समयदेखि पत्रकारितामा आबद्ध छन् । उपाध्याय बाराका तथा खड्ग सप्तरीका बासिन्दा हुन् । मन्त्री लेखीका अनुसार, सञ्चार क्षेत्रको सुधार, नियमन, अनुगमन र विकासमा दुवै निकायको महत्वपूर्ण भूमिका रहनेछ । सो क्रममा बोल्दै मुख्यमन्त्री सतीस कुमार सिंहले दुबै जनालाई विगतमा भएका कार्यहरुलाई निरन्तरता दिनुका साथै मधेश प्रदेशमा मिडिया सेक्टरमा गर्नु पर्ने कार्यहरु प्रभावकारी ढङले अगाडि बढाउन निर्देशन दिए । मधेश प्रदेशमा पत्रकारितालाई मर्यादित बनाउने हिसाबले कार्य गर्न मुख्यमन्त्री सिंहले नवनियुक्त अध्यक्षहरुलाई निर्देशन दिनु भयो । राज्य र पत्रकारबीच पुल सरह काम गर्दै पत्रकारिता र सञ्चार माध्यमहरुमा विद्यमान समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्न उनले सुझाव दिए ।