सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भए पनि नयाँ मिति घोषणा गर्ने सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनका अनुसार बोर्डको बैठक बसेर नयाँ मिति तय गरिदैँछ । बिगत २१ दिन देखी आन्दोलनमा उत्रिएको शिक्षकहरूले परिक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयवाट पछि हटेको हो । शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएको भोलीपल्ट सरकारले बाध्य भएर परिक्षा रोक्नु पर्ने अवस्थामा गएको हो ।