शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि

बुधबार, वैशाख १०, २०८२
मयुर प्लाई

काठमाडौं । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ । अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ ।  महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई असहयोग गर्न आब्हान गरेका छन् । ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । साथै, शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन पनि महासंघले अपिल गरेको छ । उता, केपी ओली नेतृत्वको सरकार भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा लागेको बेला महासंघले आज २२ औं दिनमा पनि आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार