बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट

शुक्रबार, वैशाख १२, २०८२
मयुर प्लाई

रौतहट । जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट गरेको छ । प्रहरीचौकी लंग्डा चौक र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटी गएको छुट्टाछुट्टै गस्ती टोलीले बिशेष सूचनाको आधारमा उक्त कारवाही गरेको हो । गस्ती टोलीले पचरौता नगरपालिका ८ छबकहिया गाउँ, आदर्श कोतावाल गाउँपालिका–३ बतरा ,५ टेढाकटी  ६ पटेर्वा गाउँ गरी ८ वटा रक्सी भट्टीमा छापामारी २५१ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताएका छन् । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले तस्करी, लागूऔषध, अबैध मदिराको कारोवार नियन्त्रण गर्न सञ्चालन गरेको अभियान अन्तर्गत कारवाही तीब्र बनाईएको जनाईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार