पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै

शनिबार, वैशाख १३, २०८२
मयुर प्लाई

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् । नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् । अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् । अधिवेशन भोली आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार