सोसल मिडिया
Contact Us
युनिकोड
हरिसिद्धि ( ललितपुर) । ललितपुर महानगरपालिका वडा नं २८ र २९ का उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरिएको छ । वडा नं. २८ र २९ द्धारा आयोजित कार्यक्रममा २०८० सालको एसईई र २०८१ साल कक्षा १२ मा सर्वाेत्कृष्ठ विद्यार्थीलाई हिजो शुक्रबार एक कार्यक्रम गरी सम्मान गरिएको हो । लपुमना वडा नं २८ र २९ मा स्थायी बसोबास भएका विद्यार्थीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्मान गरेका हुन् । कार्यक्रमकै सन्दर्भमा महिला समूहहरूले हस्तकलाका सामग्रीको विक्री तथा प्रदर्शन गरेका थिए । यस्तै स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमका अवसरमा जल देयया पुरातात्विक अध्ययन (अभिलेख खण्ड)को विमाचन गरिएको थियो भने महिला समूहको क्षमता अभिवृद्धिका लागि स्पिकर वितरण गर्नुका साथै महिला समूहका पदाधिकारी तथा सदस्यहरुलाई परिचय पत्र पनि वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सम्मानित विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुका साथै महानगर संस्कृति संरक्षणमा लागेको बताए । कार्यक्रमका सभापति २८ नं. वडाका वडाअध्यक्ष बीरेन्द्र महर्जनले सम्मानित विद्यार्थीलाई बधाई दिँदै वडाले स्थानीय जात्रा, पर्वको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।