ललितपुर महानगर १४ नं. वडाका वासिन्दालाई १५ दिने कौशी खेती तालिम (भिडियो)

आइतबार, वैशाख १४, २०८२
मयुर प्लाई

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. १४ का वडावासीलाई १५ दिने कौशी खेती तालिम सुरु गरिएको छ । सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको आर्थिक तथा प्राविधिक सहयोगमा समृद्ध आधार नेपाल (सान) ललितपुर–१५ खुमलटारको आयोजनामा तथा लपुमनपा १४ को सहकार्यमा तालिम सुरु गरिएको हो । तालिम वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । तालिम कार्यक्रमको एक समारोहका  बीच वडाअध्यक्ष अमृतजंग महतले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडासदस्य सहनशीला कार्कीले तालिमका सहभागीलाई लाभ लिन सुझाव दिनुभयो । 

494357399_673967125373379_1951862967859731319_n-1745680919.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार