मालबाहक ट्रक एकआपसमा ठेक्किएर आगलागी, चालक र सहचालक घाइते

आइतबार, वैशाख १४, २०८२
मयुर प्लाई

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुईवट ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गमा आइतबार विहान ६ बजे पूर्वतर्फ गईरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बरको ट्रक बिपरीत दिशाबाट आइरहेको ना६ख ३४६३ नम्बरको ट्रकसंग ठोक्किएको हो । ट्रक ठोक्किनासाथ ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगो लागेको छ भने दुबै ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते चालक र सहचालकलाई उपचारका लागि जनकपुरधाम लगिएको धनुषा प्रहरीले जानकारी दिएको छ । आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेको छ । अहिले धनुषा प्रहरी र वारुण यन्त्रको प्रयोग गरी आगो निभाउने काम जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार