कांग्रेस सांसद माया राई तीन दिनसम्म थुनामा रहने

आइतबार, वैशाख १४, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् । सहकारी हिनामिनाको अभियोगमा हिजो कपनवाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म  हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो। स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई लिखित पत्रमार्फत जानकारी गराईसकेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार