राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्विर र नाम सार्वजनिक गर्नुपर्छ : सहमहामन्त्री यादव

आइतबार, वैशाख १४, २०८२
मयुर प्लाई

जनकपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्विर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् । होइन भने उनले कानुनी उपचार खोज्नेसमते जनाएका छन् । ‘चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो ? तस्विर सार्वजनिक गर्नुहोस् । होइन भने हामी सहमहान्त्रीहरु तपाईविरुद्ध अदालत जान्छौ’, उनले भने । गतको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दाबी गरेका थिए । गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा लिङदेनल बताएका थिए ।  उनले राखेको अभिव्यक्तिको केही बेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकाशित गरेका थिए । नेता यादवका दुई सन्ता मात्र छन् । डा. आकाश यादव र डा. विकास यादव । मानसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दने विरुद्ध अदालत जाने जानकारी दिए ।  उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे । दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप नेता यादवको छ ।
लिङदेनको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।  यसअघि उनको विरोधमा धनुषाका कांग्रेसी कार्यकर्ताले हिजो मात्र जनकपुरधाम महेन्द्रनगर सडकखण्डको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरेर लिङदेनको पुतला जलाएका थिए ।

491891238_1202239961427460_7364535831869520057_n-1745763764.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार