१८ महिना पछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

मंगलबार, वैशाख १६, २०८२
मयुर प्लाई

काठमाडौं । प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।  मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो । अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो बिधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।

newskarkahna-news849200.-1745925210.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार