नेप्सेमा १५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार, वैशाख १६, २०८२
मयुर प्लाई

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०।५७ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ३१.९८ विन्दुमा ओर्लेर बन्द भएको छ । सोमबार करिब साढे १४ अंकले घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएकामध्ये ५७ कम्पनीको सेयर मूल्य बढ्यो भने १८८ वटाको घट्यो । ६६ हजार २ सय ६५ पटकको सेयर कारोबारमा १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार सेयर बजारमा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषमा झिनो सुधार देखिएपनि बाँकी सबैको परिसूचक उच्च अंकले घटे । धेरै उपसमूहको परिसूचक उच्च अंकले घट्दा समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार