सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसदका २ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो । जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ८ बजे बस्नेछ । जुन बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ बुदाँमाथि छलफल गरिने भएको छ। उता, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा भने पुरानै अजेन्डा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आ. व. २०८०–०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने जनाइएको छ ।