स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

स्टकहोम । युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् । स्वीडेनको मिडियाले यो जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रहरीकोमा कल गरेका थिए कि सैलुनमा गोली चलेको छ । यो घटना राजधानी स्टकहोमको उत्तरमा ६०  किलोमिटर टाढा रहेको भाक्सला स्क्वायर नजिक भएको हो । त्यसपछि आकस्मिक सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए र हत्याको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। स्वीडेनको सार्वजनिक टेलिभिजन स्टेशन एसटिभीले सो हत्यामा संलग्न संदिग्ध स्कूटरमा भागेको बताएको छ। प्रहरी अधिकारीले इलाकालाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार