शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुन : हुने

बुधबार, वैशाख १७, २०८२
मयुर प्लाई

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता हुन लागेको हो । सो बार्ता शिक्षा मन्त्रालयमा हुनेछ । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो । यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशाेर सुबेदीले जानकारी दिए । 

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार