सोसल मिडिया
Contact Us
युनिकोड
काठमाण्डौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बिच बुधबार भेटवार्ता भएको छ । नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुखद् भएको भन्दै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकी मित्र भारतसँगै रहेको बताए । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौं देखिको मित्रवत् सम्वन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसँग कुराकानी भएको बताए । सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे । ‘नेपाल–भारतबिचको सम्वन्ध दृढ छ ।’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत सम्वन्धमा असर पर्दैन ।’ मन्त्री लेखकले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना समेत व्यक्त गरे । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त राखे ।